काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं, त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालि बीच विशेष छुट सम्झौता भएको छ । मंगलबार एक समारोहबीच बैंक र हस्पिटलबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा हस्पिटलका तर्फबाट रजत श्रेष्ठ(सदस्य(सचिव) र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखी १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्