Shikhar Insurance
National Life

स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन सरकार अलमलमा छ : मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १३:००
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सिलिङ ५ लाख पुर्‍याउन सरकार अलमलमा रहेको बताएका छन् ।मंगलबार शिक्षण अस्पतालमा राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने सम्झौता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एक लाखको बीमालाई व्यवस्थित गर्न नसकेको अवस्थामा ५ लाख झनै कठिन हुने हो की ? भन्ने संशय सरकारसँग रहेको बताए । उनले सरकारलाई मन्त्रालयको तर्फबाट आफूले श्रोत सुनिश्चितताका लागि आवश्यक प्रश्ताव र योजना पनि दिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बीमालाई एकीकृत प्रणालीबाट विकास गर्नुपर्ने उल्लेख गरे । मन्त्री पौडेलले चिनीजन्य पदार्थ बढी भएका उत्पादनहरुमा सुगर ट्याक्स लगाउनुपर्ने र त्यसबाट आएको कर बीमा बोर्डमा जाने व्यवस्था गरिनुपर्ने बताए ।

राज्यले स्वास्थ्य कर १२ अर्ब लिने गरेको भएपनि स्वास्थ्य मन्त्रालयलाई जम्मा ४० करोड रुपैयाँ दिइएको भन्दै उक्त कर सम्पूर्ण रुपमा बीमा बोर्डमा जाने व्यवस्था हुनुपर्ने उनको दाबी छ ।

शिक्षण अस्पतालमा सुविधाका शिर्षक र बीमाको गरेर ६२ करोड रुपैयाँ सरकारले दिन बाँकी रहेको भन्दै अस्पताल सञ्चालनका लागि तत्काल दिनुपर्ने अवस्था रहेको बताए ।

उनले भने,’उदारो उपचार पनि अस्पताले गर्न सक्दैन । ६२ करोड सुविधाका शिर्षक र बीमाको गरेर टिचिङको बाँकी छ भन्ने मैले सुनेको छु । त्यसैले अब त्यो अस्पताल चल्न तत्काल पेमेण्ट हुने स्थिति हुनुपर्छ । यो सबैकुरा श्रोत सुनिश्चित नभएका कारण भएको हो ।’

‘हामीले सरकारको एजेण्डा बनाउने कोशिस गरिरहेका छौँ । सरकार अलिकति कन्फ्युजनमा छ । यो श्रोत कसरी सुनिश्चित गर्ने ? एक लाख व्यवस्थित भइरहेको छैन, ५ लाखमा समस्या पर्ने त होइन भन्ने छ । त्यसको सूत्र के हो ? हामीले व्यवस्थित ढंगले भनेका छौँ’ उनले भने ।

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई ५० प्रतिशत भुक्तानीको प्रक्रिया पूरा गरिसकेको र अर्थ मन्त्रालयमा पुगेको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्