Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाईफ र रोटरी इन्टरनेशनल डिस्ट्रिकबीच सहकार्य

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार १२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहकार्य भएको छ ।

‘आधारभूत शिक्षा तथा साक्षरता’ कार्यक्रम मार्फत पिछडिएका वर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्था बीच भदौ २३ गते सहकार्य भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका थिए ।

सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये २.५ लाख शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा संचालन हुने TEACH कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने सम्झौतामा उल्लेख छ ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको बिभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए ।

साथै, उनले यस कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका बर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे । सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती रहेको थियो ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्