Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यसअघि जारी गर्ने भनिएको ६६ प्रतिशत हकप्रदलाई संशोधन गर्दै ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीलेको १८औं वार्षिक साधारणसभाबाट पारित गरेको ५.५० प्रतिशत लाभांश वितरण गर्दा चुक्तापूँजी १ अर्ब ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हाल कायम पुँजीमा ६२.५६ प्रतिशत हकप्रद जारी गर्दा न्यूनतम चुक्ता पुँजी बिमा प्राधिकरणले तोकेअनुसार २ अर्ब ५० करोड पुग्ने हुँदा यस अघि घोषणा गरेको हकप्रदको दर घटाएको एक सूचनामार्फत जानकारी दिएको छ ।

अब संशोधन गरिएको हकप्रद प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरे पश्चात कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने कम्पनीले जानकारी दिएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्