Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकको भैरहवा शाखा स्थानान्तरण

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकले सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमास्थित शाखा कार्यालय स्थानान्तरण गरेको छ ।

बैंकले सो शाखा कार्यालय सोही नगरपालिकाको वडा नं-०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपक कुमार देले गरेका थिए । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

हाल यस बैंकले १ सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्