काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन १ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन सुन १ लाख ५२ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्