काठमाडौं । ओली क्याबिनेटमा गृहमन्त्री बन्ने दौडमा रहेका एमाले युवा नेता महेश बस्नेतलाई उछिन्दै खगराज अधिकारीले बाजी मारे । ओलीको सबै भन्दा विश्वासपात्र दावी गर्ने बस्नेतले गृहमन्त्रालय नपाएपछि एकाएक उनले गुट परिवर्तन गर्न लागेको चर्चा सुरु भयो ।
ओलीले आफुमाथि अन्याय गरेको गुनासो उनले आफु निकटस्थहरुसँग गरेको र नेपाल समुहसँग छलफल थालेको प्रचार भएसँगै बस्नेतले फेसबुकमा लामो स्टाटस लेखेका छन् । बस्नेतले फेसबुकमा गृहमन्त्री बन्न नपाए वापत आफु केहि असन्तुष्ठ रहेको संकेत भने गरेका छन् । यद्यपी उनले ओली क्याम्प नछाड्ने स्पष्टीकरण पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्