Shikhar Insurance
National Life

भन्सार छलि गरी पामोलिन आयात गर्न थालेपछि वर्गिकरण फेरियो,  अब रेड च्यानलबाट मात्रै जाँचपास हुने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २५, मंगलवार ०९:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभागले ग्रीन च्यानलबाट आयात हुँदै आएको पाम तेल (पामोलिन)को वर्गिकरण परिमार्जन गरेको छ । विभागले ग्रीन च्यानलबाट आयात हुँदै आएको पामोलिन रेड च्यानलमा वर्गिकरण गरेको हो ।

जनकपुर रिफाइनरिजबाट सुरु भएको क्रुड र तयारी विवादले उग्र रुप लिदाँ पाम तेललाई रातो च्यानलमा वर्गिकरण गरेको हो । भन्सार उपशिर्षक नम्बर (एचएस) कोड १५११९०.२० र १५१०१०.०० बाट पामोलिन आयात हुँदै आएको छ । क्रुड पामोलिन भन्सार उपशिर्षक १५१०१०.०० बाट आयत हुँदै आएको छ । यो शिर्षकबाट आयात गर्दा १० प्रतिशत मात्रै भन्सार महसुल तिर्दा पुग्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, तयारी पामोलिन भन्सार उपशिर्षक १५११९०.२० बाट आयात हुन्छ । यो शिर्षकबाट आयात हुदाँ १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । तर व्यवसायीहरुले ५ प्रतिशत भन्सार छलि गर्न तयारी पामोलिनलाई कच्चा भन्सार उपशिर्षक १५१०१०.०० बाट आयात गर्दै आएको भन्सार विभागले तथ्य पत्ता लगाएको थियो ।

विराटनगर भन्सार कार्यालयले जनकपुर रिफाइनरिजले ल्याएको पाम तेल कच्चा नभएर तयारी नै भएको भन्सार विभागको ल्याबले नै प्रमाणित गरिसकेको छ । भन्सार विभागको सो निर्णयको विरुद्धमा व्यवसायीहरु उच्च अदालत पाटनमा गएका छन् । पाटनबाट अन्तरिम आदेश ल्याउँदै जनकपुरले धरौटी राखी जाँचपास गराइसकेको छ ।

भन्सार विभाग स्रोतका अनुसार जनकपुर मात्रै नभई अन्य कम्पनीहरुले पनि कच्चा भन्दै तयारी तेल ल्याउने गरेको खुल्न आएको छ । विभाग स्रोतले भन्यो, ’४० वर्षदेखी आयात हुँदै आएको पाम तेल भन्सार विभागको ल्याबबाट नै तयारी आयात हुने गरेको तथ्य फेला परेपछि हामीले तयारी भन्सार शिर्षकबाट नै जाँचपास गर्ने निर्णय गरेका छौं, ग्रीन च्यानलबाट आयात भैरहेको पामलाई वर्गिकरण परिवर्तन गरी रेड च्यानलबाट पास गर्नुपर्ने व्यवस्था गरेका छौं ।’

भन्सारमा मालवस्तु पास गर्ने ती वटा च्यानल हुन्छन्, ग्रीन एल्लो र रेड । ग्रीन अर्थात हरियो च्यानलबाट जाँचपास गर्दा भन्सार विन्दुमा धेरै चेकजाँच गर्ने गरिदैन । यस्तै एल्लो अर्थात पहेलो च्यानलबाट आयात गर्दा कागजात मिले नमिलेको हेर्ने गरिन्छ । यस्तै, रेड अर्थात रातो च्यानलबाट जाँचपास गर्दा मालवस्तु नै एकएक गरेर जाँचपास गर्ने गरिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्