Shikhar Insurance
National Life

१० प्रतिशत भ्याट फिर्ता कसरी प्राप्त गर्न सकिन्छ ? ग्राहक व्यवसायी र सरकारलाई यसरी हुन्छ फाइदा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार १९:२४
Hyundai
NCELL
NIMB

काठमाडौ । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत फिर्ता पुन: सुरु गरेको छ । बिल दिने र दिने प्रणालीको विकास गर्नका लागि विभागले भ्याट फिर्ताको सूविधा दिएको हो ।

विभागले भ्याट फिर्ताको अभियान पहिलेदेखिनै सुरु गरेता पनि प्राविधिक कठिनाईले गर्दा राम्ररी काम हुन सकेको छैन् । भ्याट फिर्तामा अझैपनि प्राविधिक समस्या रहेको नेपाल बैंकर एशोसिएशनका अध्यक्ष सुनिल केसीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष केसीले भने, ‘भ्याट फिर्ता अलि अघि नै संचालनमा आएको हो, तर यसमा प्राविधिक कठिनाई बाँकी नै छ, ठूला व्यवसायको हकमा यो सहज भएपनि सानाका लागि तत्काल असहज छ ।’

भ्याट फिर्ताका लागि सबै प्राविधि तयार पारिएको विभागका निर्देशक पदम श्रेष्ठले बताए । श्रेष्ठले सिंहदरबारसँग भने, ‘रियल टाइम भ्याट फिर्ताका लागि सम्बन्धित व्वसायी र बैंकले सफ्टवयरको विकास गर्नुपर्छ, विद्युतिय बिजक जारी गर्नेका लागी यो सहज छ, तर सम्बन्धित व्यवसायी र बैंकले सफ्टवयरको विकास गर्नुपर्छ ।’

विभागले सुरु गरेको भ्याट फिर्ताको सफ्टवयर सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतले यो प्रणाली सुरु गरिसकेका छन् । यस्तै, सेल्सबेरी, भाटभटेनी बिगमार्ट लगायत सपिङ सेन्टरले यो प्रविधि सुरु गरिसकेका छन् ।

भ्याट फिर्ताकाको नीतिलाई प्रभावकारी बनाउन विभागले सोमबार सूचना जारी गरेको छ ।

यसरी लिन सकिन्छ १० प्रतिशत भ्याट फिर्ता

भ्याट फिर्ता अर्थ मन्त्रालयले विद्युतिय कारोबार बढाउनका लागि ल्याएको प्रणाली हो । यो प्रणालीमा सेवाग्राहीले आफूले तिरेको भ्याट रकमको १० प्रतिशत रकम तत्काल फिर्ता प्राप्त गर्नेछन् । उदहरणका लागि यदि ‘ए’ भन्ने व्यक्तिले १००० रुपैयाँको सामाग्री खरिद गर्यो ।

उसले १००० रुपैयाँको १३ प्रतिशत अर्थात १३० रुपैयाँ भ्याट तिर्नुपर्छ । सामानमा लागेको भ्याट रकम सहित ११ सय ३० रुपैयाँ उसले कार्ड वा क्यू आर कोडबाट भुक्तानी गर्नुपर्छ । यसरी भुक्तानी गर्दा सुरुमा सबै रकम सम्बन्धित कम्पनीको खातामा जम्मा हुन्छ । यसपछि सफ्टवयरले आफैं हिसाब गरेर अटोमेटिक रुपमा कुल भ्याट रकमको १० प्रतिशत अर्थात १३ रुपैयाँ ‘ए’ भन्ने व्यक्तिको खातामा जम्मा हुन आउँछ । यसरी भ्याट फिर्ताको अभ्यास गर्दा सेवाग्राही, बिक्रेता र सरकार सबैलाई फाइदा पुग्ने देखिन्छ ।

१० प्रतिशत भ्याट छुट प्राप्त गर्दा सेवाग्राहिले सिधै खातामा क्यासब्याक प्राप्त गर्नेछन् । यसरी छुट पाउँदा बिक्रेताको समेत व्यापार बढ्न जान्छ । बिक्रेताको व्यापार बढेपछि सरकारले प्राप्त गर्न राजस्वमा समेत वृद्धि हुन्छ ।

विभागले नक्कली भ्याट बिलको बिगबिगी बढेपछि भ्याट बिल लिने र दिने बानी पार्नका लागि यस्तो उपाय अपनाएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्