Shikhar Insurance
National Life

जनताको समस्या नेताहरुको पनि समस्या हो: अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार १६:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरुको समस्या भएको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए । जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने र अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताउदैँ आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको पनि बताए ।

अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्