Shikhar Insurance
National Life

निजि क्षेत्रको व्यापार कम भयो भने समग्र मुलुकको अर्थतन्त्र खुम्चिन्छ : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको व्यापार कम भयो भने समग्र मुलुकको अर्थतन्त्र, राजस्व र रोजगारमा कमी आउने बताएका छन् । उनले सोमबार राजधानीमा आयोजित ‘नेपाल अमेरिकाबिच व्यापार र लगानिको सम्भावना र चुनौती’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले नेपालमा उत्पादन भएका सामग्रीहरुको मूल्य बढी भएपनी गुणस्तरको हिसाबले अमेरिकामा नेपाली उत्पादनहरुको माग बढ्दै गएको  बताए ।  उनले भने,‘नेपालमा उत्पादन भएका धेरै सामग्रीहरु अमेरिका निर्यात भइरहेको छ । यस्ले नेपालको राजस्वमा समेत महत्त्वपूर्ण टेवा पुर्याएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष ढकालले देश बाहिर निर्यात हुने सामनमा गलैंचा पहिलो नम्बरमा रहेको बताउँदै तयारी पोसाक निर्यात भने खुम्चिएको उल्लेख गरे । पहिले ८० प्रतिशत तयारी पोसाक निर्यात हुँदै आएकोमा अहिले घटेर १४ प्रतिशतमा भएकोमा उननको गुनासो छ ।

‘छिमेकी मुलुक बङ्गलादेशका लगानीकर्ताहरुले नेपालमा लगानी गर्न चाहेको देखेका छौ । नेपालमा व्यवसायीहरुलाई लगानी गर्न योग्य वातावरण बनाउने हो भने देशको अर्थतन्त्रमा पनि सहयोग पुग्छ’ उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्