Shikhar Insurance
National Life

२२ लाख बढी कित्ता सेयर निष्कासन गर्दै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार १२:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुमा साधारण सेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणहरुमा २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कुल २२ करोड ५० लाख रुपैयाँको खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सम्पत्ति बिमा, घर (आवास) बिमा, दुर्घटना बिमा, मोटर बिमा, स्वास्थ्य बिमा लगायतका लघु निर्जीवन बीमा सम्बन्धि सेवा ललितपुर, गुसिङ्गलमा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ३ शाखा, ११ उप–शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्