Shikhar Insurance
National Life

क्युआर र मोबाइल बैंकिङबाट समान किन्दा १० प्रतिशत भ्याट फिर्ता, उपभोक्तालाई एक अर्ब बढी राहत

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार ०८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले क्युआर कोड, मोबाइल बैंकिङ र क्रेडिट।डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत भ्याट फिर्ता दिने भएको छ ।

आन्तरिक राजश्व विभागले भदौ २१ गते निर्णय गर्दै डिजिटल माध्यमबाट भुक्तानी दिने उपभोक्ताहरुलाई १० प्रतिशत भ्याट फिर्ता दिने व्यवस्था मिलाउन निर्णय कार्यान्वयन गर्न भदौ २१ गतेको निदेखि परिपत्र गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भ्याट फिर्ताको निर्णय कार्यान्वयनका लागि विभागले सबै आन्तरिक राजश्व राजश्व कार्यालयहरुलाई निर्देशन समेत दिएको छ । बिक्रेताहरुले तत्कालै भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन गर्न पनि विभागले भनेको छ ।

अब क्युआर, मोबाइल बैंकिङ वा डेबिट, क्रेडिट कार्डबाट एक हजार रुपैयाँको बस्तु तथा सेवा खरिद गरेको भुक्तानी दिँदा एक हजार रुपैयाँको १३ प्रतिशतले हुने एक सय ३० रुपैयाँको १० प्रतिशत अर्थात १३ रुपैयाँ भ्याट फिर्ता पाउनेछन् । र यो रकम उपभोक्ताहरुका खातामा स्वचालित रुपमै प्राप्त हुनेछ ।

अहिले यी माध्यमहरुबाट बस्तु तथा सेवा खरिद गर्दा सरकारले १३ प्रतिशत भ्याट लिँदै आएको छ । सोही १३ को १० प्रतिशत भ्याट फिर्ता दिने निर्णय कार्यान्वयन हुन लागेको हो ।

यो व्यवस्था कार्यान्वयनमा आउँदा क्युआर कोड, मोबाइल बैंकिङ र क्रेडिट तथा डेबिट कार्डबाट भुक्तानी दिने उपभोक्ताहरुले एक अर्ब बढी रकम फिर्ता पाउन सक्नेछन् ।

गत आर्थिक बर्ष २०८०।८१ मा क्युआर कोड मार्फत ६७ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।

त्यस्तै, मोबाइल बैंकिङबाट ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । डेबिटबाट ९५ अर्ब र क्रेडिट कार्डबाट २ अर्ब रुपैयाँ कारोबार भएको देखिन्छ । यो कारोबारमध्ये भ्याटमा दर्ता भएका कम्पनीहरुबाट बस्तु तथा सेवा खरिद गर्दा १० प्रतिशत भ्याट छुट पाइने हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्