Shikhar Insurance
National Life

१ अर्ब भन्दा धेरै कारोबार गर्ने साइमेक्स इंक सहित १४० कम्पनी ठूला करदाता कार्यालयमा बढुवा, ७० कम्पनीको घटुवा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २४, सोमबार ०७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले कारोबारको आधारमा करदाताको हेरफेर गरेको छ । विभागले कारोबारको आधारमा सेवा कार्यालय मध्यमस्तरिय कार्यालय र ठूला करदाता कार्यालयमा कम्पनीहरुको हेरफेर गरेको हो ।

विगत २ आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा गरेको कारोबार आधारमा करदाताको हेरफेर गरेको हो । विभाग स्रोत अनुसार यो पटक १४० वटा कम्पनी एक अर्ब भन्दा धेरै कारोबार गर्दै ठूला करदाता कार्यालयमा समाहित भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, ठूला करदाता कार्यालयमा रहेका ७० वटा करदाता १ अर्ब भन्दा कम कारोबार गर्दै मध्यमस्तरिय करदाता कार्यालय र सेवा कार्यालयमा घटुवा भएका छन् । २ वर्षसम्म ७० कम्पनीले १ अर्ब कारोबार नघाउन नसकेपछि ती कम्पनीहरुको घटुवा भएको हो । अब ठूला करदाता कार्यालयमा ५ सय ९८ वटा कम्पनीहरु परेका छन् ।

बढुवा हुने कम्पनीमा नेपालमा चिनियाँ विद्युतिय गाडी बिक्री गरिरहेको साइमेक्स इंक सहित १ सय ४० कम्पनी रहेका छन् । नेपालमा विद्युतिय गाडीको बिक्री बढ्दै जादा साइमेक्सले एकै वर्ष ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले एकै वर्ष विद्युतिय सवारीमा ठूलो व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाखको व्यापार गरेको थियो । यस्तै, सन् २०२२ मा ४४ करोड र सन् २०२१ मा ६९ लाख मात्रै व्यापार गरेको थियो । कम्पनीले ३ अर्ब ऋण लिएको छ । कम्पनीमा यमुना श्रेष्ठको ५०. ५ प्रतिशत शेयर स्वामित्व छ । यस्तै, अनिल श्रेष्ठको ४९.५ प्रतिशत शेयर स्वामित्व छ ।

ठूला करदाता कार्यालयले १ अर्बभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको करसम्बन्धि काम गर्दै आएको छ भने मध्यमस्तरिय करदाता कार्यालयले ५० करोडदेखि १ अर्ब सम्म कारोबार गर्ने कम्पनीको कर सम्बन्धि काम गर्छ ।  यस्तै ५० करोडसम्म कारोबार गर्ने कम्पनीको भने सेवा कार्यालय अन्तर्गत नै पर्ने गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्