Shikhar Insurance
National Life

मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । भाषा आयोगको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भाषाको प्रवर्द्धनका निम्ति कामकाजी भाषाको प्रयोग बढाइनुपर्ने बताएका हुन् ।

मन्त्री पाण्डेले नेपालमा हाल भाषाको सङ्ख्या एक सय ३१ वटा पुगेको र यो सङ्ख्या अझै थपिँदै जाने उल्लेख गरे । उनले ध्वनि जबसम्म लिपीका रूपमा आउँदैन तबसम्म लोप हुन सक्ने धारणा राख्य । मन्त्री पाण्डेले भने ‘भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ । व्यक्तिले आफ्नो मातृभाषा कामकाज तथा सम्पर्क स्थापित गर्ने अवसर पाउनुपर्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफूले जिम्मेवारीमा आएपछि हालसम्म मन्त्रालयको बारेमा बुझिसकेको र अब सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । मन्त्रालय मातहतको संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुधारेर यसप्रतिको विश्वास अभिवृद्धिमा सक्रिय हुने उनको भनाइ थियो ।

मन्त्री पाण्डेले आफूले सत्य र निष्ठाका साथ सुधार गर्ने शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका बेथितिलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्