Shikhar Insurance
National Life

काठमाडौंमा इलेक्ट्रिक प्रदर्शनी सम्पन्न, ३० हजार बढीले गरे अवलोकन

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १७:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित तेस्रो नेपाल पावर, लाईट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ ।अपेक्षाअनुसार नै आईतबार सफलतापूर्वक सम्पन्न भएको मेला आयोजक संस्था मिडिया स्पेश सोलुशन प्रा।लि।ले जानकारी दिएको हो ।

करिब २५ देखि ३० हजारले मेला अवलोकन गर्ने गरिएको अपेक्षा पनि पूरा भएको सो संस्थाका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए । प्रर्दशनीमा नेपाली ग्राहकहरुले आफ्नो इच्छा अनुसारको सामग्री कहाँबाट पाईन्छ भन्ने कुराको पनि जानकारी पाएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको र चौथो संस्करणमा नविकरणीय ऊर्जा र विद्युतीय यातायातका सामग्रीहरुलाई समावेश गर्ने योजना तय गरिएको पनि बताए ।

उनले भने,‘हिजो साँझसम्म करिव १८ हजार जनाले अवलोकन गर्नुभएको थियो । हामीले जुन अपेक्षा राखेका थियौं २५ देखि ३० हजारसम्मले अवलोकन गर्नेछन् भनेर । त्यो चाहीँ पूरा भएको छ । यो प्रदर्शनी हामीले सोचेजस्तै सक्सेसफुल हुन गयो । नविरकरणीय ऊर्जालाई पनि समावेश गरेर चौथो संस्करण आयोजना गर्नेछौं ।’

एकै छानामुनि अत्याधुनिक एवं नविनतम प्रविधिका ट्रान्समिसन तथा डिस्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङहरुबारे जानकारी पाउन मेला महत्त्वपूर्ण भएको अवलोकन कर्ताहरुले बताएका थिए ।

प्रदर्शनीमा विभिन्न १५० भन्दा बढी कम्पनीहरुका सामानहरुको बारेमा जानकारी लिन सकिने व्यवस्था गरिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्