Shikhar Insurance
National Life

२५.४६ अंकले घट्यो सेयर बजार, कारोबार रकम १० अर्ब बढी

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.४६ अंकले घटेर २७०१.९० मा पुगेर बजार बन्द भएको छ ।

आइतबार ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता सेयर किनबेच हुदाँ १० अर्ब १२ करोड २४ लाख ८ हजार २४९ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको को सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४२ करोड १९ लाख २५ हजार २१० रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ९ सय ६३ रुपैयाँ रहेको छ ।

आइतबार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइतबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने थी्रस्टार हाइड्रा्पावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्