Shikhar Insurance
National Life

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्याधिक बचतकाे अवसर

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ ।

यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, नि:शुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेप्टेम्बर ९ (भदौ २४) देखि सेप्टेम्बर ११ (भदौ २६) सम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरु मध्ये एकको रूपमा, खरीदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म नि:शुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्री डेलिभरी’ भाउचरहरू सङ्कलन गर्न सक्नेछन् ।

साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् ।

त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसंग मात्र सम्बन्धित नभइ आफ्ना उपभोक्ता तथा विक्रेताहरु समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो ।

सन् २०१५ मा स्थापित, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्ल्याटफर्म ‘दराज’, नेपाल लगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा रहेको छ । ५ सय मिलियन जनसंख्या सहित द्रुत गतिमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै यसले विक्रेता तथा उपभोक्ताहरूलाई अत्याधुनिक मार्केटप्लेस टेक्नोलोजी प्रदान गर्दछ ।

ई–कमर्स, उत्पादनको ढुवानी, भुक्तानी र वित्तीय सेवाहरू समेट्ने एकीकृत पूर्वाधार निर्माण गरेर, कम्पनीले अदृतीय, व्यक्तिगत किनमेल अनुभव प्रदान गर्ने र वाणिज्यको शक्ति मार्फत दक्षिण एसियाली समुदायहरूलाई नै समृद्धिपथमा लैजाने लक्ष्य बोकेको कम्पनलिे जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्