Shikhar Insurance
National Life

तरलता बढेपछि बैंकिङ प्रणालीबाट एकैपटक १ सय अर्ब खिच्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १२:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ सय अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा तरलता प्रवाह बढेपछि बैंकले एकै पटक १ सय अर्ब वाणिज्य बैंकहरुबाट खिच्न लागेको हो ।

बैंकले आइतबार एक सूचना प्रकाशन गर्दै निक्षेप संकलन उपकरणमार्फत् भदौ २३ गतेदेखि असोज १३ गतेसम्मका लागि १ सय अर्ब रूपैयाँ खिच्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसका लागि आज (आइतबार) अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि : शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।

निक्षेपको ब्याजदर भने बोलकबोल प्रणालीबाट तय हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्