Shikhar Insurance
National Life

कोराेना बीमाको पेशी २४ गते, सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलको लागि

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना बीमा दाबीको मुद्दा भदौ २४ (भोलि) लाई तोकिएको छ । सरकारले भदौ २३ गते (आज) एक पत्र जारी गर्दै दुवै पक्षलाई बोलाएको हो ।

कोरोना बीमाको पैसा माग्दै बीमक संघले सरकार विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । साेहि मुद्दमा सर्वाेच्च अदालतले सराेकारावला दुवै पक्षलाई पत्र काट्दै भदौ २४ गते सुनुवाइ गर्ने गरी पेशी तेकेकाे हाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा कम्पनीहरुले कोरोनाको करिब १२ अर्ब रुपैयाँ दावी भुक्तानी दिन बाँकी छ । साढे तीन अर्ब भन्दा बढी दायित्व सृजना भएमा सरकारले ब्यहोर्ने प्रतिवद्द्तापछी बीमा कम्पनीहरुले पुनः कोरोना बीमा पोलिसी बेच्न सुरु गरेका थिए । उच्च अदालत बिराटनगरले ३३ जनाको दावी भुक्तानी तिर्न युनाइटेड अजाेड इन्स्योरेन्सलाई आदेश दिएको थियो ।

अदालतको आदेश बमोजिम दावी भुक्तानी नदिएपछि अहिले अदालतको अवहेलनाको मुद्दा लागेको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्