काठमाडौं । नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।
कम्पनीले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्ने गरी सो स्किम सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस स्किममा पक्का उपहारहरु रहेका छन्,
-सिजी टिभी (६५ र ७५) र सिजी क्यूलेड (५५ र माथि) को खरिदमा २.१ स्पिकर फ्री
-सिजी रेफ्रिजरेटर(डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री,
-सिजी रेफ्रिजरेटर(साईड बाई साईड/मल्टी-डोर)को खरिदमा मरिडिया भ्याकुम फ्री
-सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री
-सिजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल (६ किलो) फ्री
-सिजी सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री
-सिजी डिशवाशर को खरीदमा डिशवाशर किट फ्री
यस चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२ देखि ५५ सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीका अनुसार यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नेछ ।
त्यसैगरी, सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निस्शुल्क जडान प्रदान गर्दछ। यो योजना भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।
नेपालकै नं १ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्