Shikhar Insurance
National Life

भगवति हाइड्रोपावरले गर्‍याे लाभांश घोषणा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २३, आईतवार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार असोज १६ गते अर्पण व्यान्केट, चापागाँऊ नयाँ वानेश्वरमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव२०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गर्नेछ । सभामा आव २०८०/२०८१ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरि स्वीकृत गर्ने सम्बन्धमा छलफल गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आव२०८१/०८२को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिमिक निर्धारण गर्ने सभामो प्रस्ताव रहेको छ ।

कम्पनीले आव २०८०/२०८१ मा आर्जन गरेको खुद मुनाफा तथा सन्चित रकमबाट चुक्ता पूँजी ५७ अर्ब २० करोड ६४ हजार ७ सय रुपैयाँको १०.७२६८ प्रतिशतले हुने रकम ६ करोड १४ लाख २१ हजार ६सय ८४.२१ (नगद तथा बोनस शेयरमा लाग्ने कर सहित) मात्र सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने सभाको विशेष एजेन्डा रहेको छ ।

साथै, सभामा सेयरधनीहरूलाई चुक्ता पूजीको ४ प्रतिशतले हुने रकम प्रस्ताव पारित गर्नेछ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक नियुक्ती सम्बन्धमा छलफल गर्ने समेत कम्पनीले जनाएको छ । सभामा कम्पनीको जारी पूजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३ सय रुपैयाँ सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनको लागि मिति असोज २ गते एक दिन शेयर दर्ता किताब बन्द रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा असोज १ गते सम्म शेयर कारोवार गरि मसारीमा आएका शेयरधनीहरूले मात्र सो सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्