काठमाडौं । गोकर्णमणी दुवाडी गृह सचिवमा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।
यसभन्दा अघिका गृह सचिव एक नारायण अर्याल मुख्य सचिवमा बढुवा भएपछि सो पद खाली रहेको थियो । धादिङमा जन्मिएका दुवाडी निजामति सेवाका अब्बल कर्मचारीका रुपमा चिनिएका छन् ।
उनि यसअघि निर्वाचन आयोगका सचिवका रुपमा कार्यरत थिए । गृहमन्त्री रमेश लेखकले दुवाडीलाई सचिवका रुपमा जिम्मेवारी दिएका हुन् । दुवाडीले शुक्रबार नै कार्याभार सम्हाल्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्