Shikhar Insurance
National Life

चौधरी ग्रुपमा तिजको रौनक, महिला कर्मचारीबीच तिजको शुभकामना आदानप्रदान

सिंहदरबार संवाददाता
२०८१ भाद्र २१, शुक्रबार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । चौधरी ग्रुप (सीजी)ले नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा आफ्ना महिला कर्मचारीहरूसँग विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ ।

सयौं महिला कर्मचारीहरूको सहभागितामा सम्पन्न यो शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको भिभान्ता होटलमा आयोजना भएको थियो, जसले कर्मचारीहरूलाई एकताको भावमा जोड्ने अवसर प्रदान गर्यो। कार्यक्रममा चौधरी ग्रुपका तर्फबाट अतिथिहरू सारिका चौधरी र आश्रयता कार्की चौधरीको उपस्थिति रहेको थियो। साथमा, नेपाली अभिनेत्री सुरक्षा पन्तको पनि विशेष उपस्थिति रहेको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै, श्रीमती सारिका चौधरीले महिलाहरूलाई आत्मनिर्भर रहन र समाजमा हुने अन्यायहरूको विरुद्धमा लड्न प्रेरित गरे । उनले भने, “महिलाहरू आज कुनैपनि संस्थामा जुनसुकै स्थानमा पुग्नुभएको छ, त्यो आफ्नै क्षमता र सीपका कारण हो, अरू कसैको कृपाले होइन।” यसका साथै, उनले चौधरी फाउण्डेशनले देशभर महिलाहरूको सशक्तीकरणका लागि सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूको पनि चर्चा गरे ।

यस कार्यक्रमको मुख्य आकर्षण “मिस तीज सीजी प्रतियोगिता” रहेको थियो। प्रतियोगिताले प्रतिभा, आत्मविश्वास, र सांस्कृतिक गर्वलाई प्रस्तुत गरेको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्