Shikhar Insurance
National Life

चाडवाडको मुखमा सरकारको ‘पपुलिस्ट’ निर्णय, डीडीसीलाई ६० करोड, पलेशालाई ६५ लाख

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार २१:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई तत्काल ६० करोड रुपैयाँ स्वीकृत गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिएको हो ।यो भुक्तानीसँगै दुध  उत्पादक किसानले बाँकी रहेको रकम पाउने भएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘आर्थिक वर्ष २०८१/०८२ मा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता दुग्ध किसानहरुलाई भुक्तानी गर्न बाँकी रकम भुक्तानी दिने प्रयोयोजनार्थ नगद प्रवाह व्यवस्थापन गर्नेगरी प्रविधि सुधार तथा व्यवसाय बिस्तार गर्न अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने । अब दुध उत्पादक किसानहरुले यस पटकको जुन पाउनुपर्ने रकम हो त्यो रकम पाउनेछन् ।’

त्यस्तै सरकारले पेरिस पाराओलम्पिक २०२४ को तेक्वान्दोमा काँस्य पदक प्राप्त गर्ने खेलाडी पलेशा गोवद्र्धनलाई ६५ लाख रुपैयाँ, प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय समेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्