Shikhar Insurance
National Life

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा, प्रहरी उजुरीका लागि डेटा शुल्क नलाग्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार १८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ ।

कम्पनीले ग्राहकहरूले यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात् पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सकिने गरी सो सुविधा थप गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने कम्पनीले जनाएको छ । सधैं अन प्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो ।

प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् । साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइट https://www.nepalpolice.gov.np/ लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि नि:शुल्क बनाएको थियो ।

यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको कम्पनीले जनाएको छ ।

‘एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं । यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्’ एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ।

‘सधैं अनको महत्त्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ’ उनले भने ।

एनसेलको यो एपले स्व–सेवाको अवधारणालाई पुन: परिभाषित गरेको छ र डिजिटल रूपान्तरणका लागि नभई नहुने एक सेल्फ केयर एपको रुपमा स्थापित गरेको छ । यो एपलाई स्थानिय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकहरुको प्रयोग गरेर अद्यावधिक गरिएको छ र यसले ग्राहकहरूलाई विभिन्न सेवा, सुविधाका बारेमा जानकारी प्रदान गर्दछ ।

यो एप लामो वा छोटो समयका लागि देश बाहिर रोमिङमा रहेका नेपालीहरुका लागि पनि एकदमै महत्त्व राख्दछ । रोमिङका बेलामा ग्राहकहरुले सजिलै रिचार्ज गर्न, प्याकहरु किन्न र आफू देश बाहिर भए पनि सहजै सम्पर्कमा रहन सक्छन् । ग्राहकहरुले सजिलैसँग गुगल प्ले स्टोर वा एप स्टोरमा गई एनसेल एपलाई अपडेट वा डाउनलोड गर्न सक्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्