काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १२.१० प्रतिशतले घटेर २७२७.३६ मा पुगेको हो ।
बिहिबार ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९ सय ९३ कित्ता सेयर किनबेच हुदाँ ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २ सय ४६ रुपैयाँ कारोबार भएको छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी, युनिक नेपाल लघुवित्तको ९.१४ प्रतिशत, एनइएसडीओ समृद्धि लघुवित्तको ८.४३ प्रतिशत, उपर हेवाखोला हाइड्रोपावरको ७.९२ प्रतिशत, गुडविल फाइनान्सको ७.८३ प्रतिशत सहित १३१ कम्पनीको सेयर बढेको छ ।
त्यस्तै, आज नेपाल फाइनान्सको ८.९१ प्रतिशत, विन्द्ध्यावासिनी हाइड्रोपावरको ५.७७ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५.०३ प्रतिशत, न्यादी हाइड्रोपावरको ४.८९ प्रतिशत सहित १६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्