Shikhar Insurance
National Life

रियल स्टील्सले गर्‍यो एक वर्षमा १ अर्ब २४ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार १३:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । रियल स्टील्स प्राइभेट लिमिटेडले सन् २०२४ मा १ अर्ब रुपैयाँ बढीकाे कारोबार गरेको छ । केयर रेटिङ नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले एक वर्षमा १ अर्ब २४ करोड १० रुपैयाँ कारोबार गरेको हो ।

रियल स्टील्सले सन् २०२३ मा १ अर्ब २३ करोड १० लाख रुपैयाँ व्यापार गरेको थियो । कम्पनीले २०२३ को तुलनामा २०२४ मा १० लाख रुपैयाँ अर्थात् ०.८१ प्रतिशतले बढी व्यापार गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, कम्पनीले २०२२ मा १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो । वार्षिक तथ्यांक हेर्ने हो भने कम्पनीको कारोबार बढिरहेको देखिन्छ ।

रियल स्टील्स प्राइभेट लिमिटेड २०१८ मा स्थापित एक निजी कम्पनी हो । कम्पनी वीरगन्जमा अवस्थित छ र कम्पनीले २०२० देखि आफ्नो व्यावसायिक सञ्चालन सुरु गरेको हो ।

कम्पनीले कुल वार्षिक उत्पादन क्षमताका साथ एमएस पाइप्स, शटर पट्टी, शटर गाइड र अन्य सम्बन्धित उत्पादनहरू उत्पादन गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्