Shikhar Insurance
National Life

बुद्ध भूमि नेपाल हाइड्रोपावरको लक इन अवधि सकिँदै

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको लक इन अवधि असोज २१ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको सेयरको लकइन सकिन लागेको हो ।

कम्पनीले २०७८ असोज २२ गते कम्पनीका संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि ३२ लाख १६ हजार कित्ता सेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त सेयरको लाकइन अवधि खुल्ला गर्न लागिएको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले संस्थापक सेयरधनीहरुको २८ लाख, स्थानीय बासिन्दाका ४ लाख कित्ता र कर्मचारीहरुलाई सुरक्षित गरिएको १६ हजार कित्ता सेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्