Shikhar Insurance
National Life

ङादी ग्रूप पावरको साधारणा सभा असोज १३ गते, के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । ङादी ग्रूप पावर लिमिटेडको ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको स१चालक समितिको निर्णय अनुसार सभा असोज १३ गते आइतबार लर्ड पार्टी भेन्यू धुम्बाराही काठमाडौंमा आव्हान गरेको हो ।

सभामा हकप्रद सेयर, संस्थागत सुशासन प्रतिवेदन, सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र गत आवमा सञ्चालक समितिबाट भएको निर्णय अनुमोदन गर्ने एजेण्डा समावेश रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष एजेण्डा पनि रहेका छन् ।

साथै, सभा प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्