Shikhar Insurance
National Life

हकप्रद सेयर अनुमोदन प्रस्ताव सिहत बरुण हाईड्रोपावरले बोलायो असोज १३ गते साधाराण सभा

सिंहदरबार संवाददाता
२०८१ भाद्र २०, बिहीबार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनको भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समिति निर्णय अनुसार सभा असोज १३ गते लर्ड पार्टी भेन्यू धुम्बाराही काठमाडौंमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।

सभाले हकप्रद सेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने र गत आवमा सञ्चालक समितिले गरेका कार्य अनुमोदन गर्नेछ ।

सभामा मर्जरका लागि आवश्यक कार्य गर्न र नियामक निकायबाट कुनै आदेश भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने मुख्य एजेण्डा पनि पारित गर्नेछ ।

साथै, सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार भदौ ३१ गतेसम्म कायम सेयरधनी मात्रै सभामा सहभागिता हुन पाउँनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्