Shikhar Insurance
National Life

सहकारीमा बढी ब्याज खानेहरुले आन्दोलन गरे : मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वास्तविक सहकारी पीडितहरु ओझेलमा परेको बताएका छन् ।

बुधबार सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘सहकारीमा एउटै प्रकृतिका मानिसहरु छैनन् । कोहि बचत गरेर भोलीका दिनमा आफ्ना सन्तानहरुका लागि खर्च गर्छु भन्ने छन् । अर्कोतिर बढी ब्याज पाउने आशमा बैंकबाट पैसा निकालेर सहकारीमा राख्नेहरु पनि छन् । अहिले आन्दोलन गर्नेहरु पनि तिनै हुन् । वास्तविक सहकारी पीडितहरु ओझेलमा छन् ।’

तर, सहकारी पीडितहरुले आन्दोलनका क्रममा राखेका मागबारे मन्त्रालयले सम्बोधन गरेको समेत उनले दाबी गरे । समस्यामा परेका सहकारीहका लागि समाधान गर्ने काम समेत भइरहेको उनले जानकारी दिए ।

राम्रा नराम्रा सबै सहकारीहरुलाई एउटै बास्केटमा राखेर हेरिएको समेत उनले असन्तुष्ट जनाए । मन्त्री अधिकारीले भने, ‘सहकारीप्रति अहिले विभिन्न होहल्ला भइरहेको छ । यसबारे भ्रम फैलाउने काम भइरहेको छ । सहकारी भनेका सबै खराब हुन् की भन्ने सन्देश बाहिर गएको छ ।’

सहकारी भनेका सबै खराब हुन् भनेर प्रचार गरिएको छ । के सबै खराब हुन् त ? केहि सहकारी सञ्चालकहरुले बदनाम गरे भन्दैमा सबै खराब भन्न नमिल्ने समेत उनले आग्रह गरे । राम्रा र नराम्रा सबै सहकारीबारे बारेमा स्पष्टरुपमा बाहिर ल्याउनु पर्ने आजको आवश्यकता रहेको उनले बताए ।

समस्याग्रस्त सहकारीहरुमा प्रतिनिधि जानेबारे उनले असन्तुष्टी जनाउँदै उनले अगाडी भने, ‘३१ हजार सहकारी छन् । ती सबै सहकारीबाट प्रतिनिधि पठाएर सकिन्छ ? सहकारी महासंघको प्रतिनिधिहरुप्रति सहकारीकर्मीहरु नै किन सन्तुष्ट हुन नसकेका हुन् ?’

सहकारीमा समस्याहरु समाधान गर्नका लागि तत्कालै कुनै सम्भव नहुने समेत उनले इंकित गरे । ढिलै भएपनि सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने मन्त्री अधिकारीले प्रतिवद्धता व्यक्त गरे ।

सबै सहकारीको नियमन केन्द्रले गर्ने व्यवस्थासहित नयाँ व्यवस्था गर्न लागेको समेत उनले जानकारी दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्