Shikhar Insurance
National Life

९०.७३ अंकले घट्यो सेयर बजार, कारोबार रकम करिब १३ अर्ब

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता सेयर किनबेच हुदाँ १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ५२ लाख ६१ हजार ३ सय ११ रुपैयाँ संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ६ सय ५० रुपैयाँ रहेको छ ।

बुधबार ३१ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, बुधबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कुमारी इक्वीटी फण्डको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्