Shikhar Insurance
National Life

३ महिनापछि सुकेटार विमानस्थलमा पुन: हवाई उडान सुरु

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १३:१६
Hyundai
NCELL
NIMB

ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिनादेखि हवाई उडान हुन नसकेको सुकेटार विमानस्थलमा आजदेखि पुन: उडान सुरु भएको छ । मौसमको स्थितिमा क्रमिक सुधार भएसँगै उडान सुरु भएको हो ।

प्रतिकूल मौसमका कारण गएको जेठ ११ गतेयता उडान भएको थिएन । नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख नारायणकुमार कार्कीले ‘भिजिबिलिटी’ कम भएकाले उडान अवरुद्ध भए पनि अहिले मौसममा सुधार आएको र पर्यटकीय यामसमेत सुरु भएकाले काठमाडौं–ताप्लेजुङ–काठमाडौँ उडान सुरु भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार तीन महिनापछि भएको उडानमार्फत काठमाडौंबाट चार यात्रु आएका छन् भने यहाँबाट दुई यात्रु काठमाडौं गएका छन् । आगामी असोज १५ गतेसम्म साताको बुधबार एक दिन मात्र उडान तालिका राखिएको छ ।

त्यसपश्चात् भने सातामा तीन दिन उडान तालिका तय गरिने निगमको तयारी छ । यात्रुका लागि यहाँबाट काठमाडौंसम्म ९ हजार चार सय ७५ शुल्क निर्धारण गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्