Shikhar Insurance
National Life

तरलता बढेपछि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा तरलता प्रवाह बढेपछि बैंकले एकै पटक ४० अर्ब वाणिज्य बैंकहरुबाट खिच्न लागेको हो ।

बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै निक्षेप संकलन उपकरणमार्फत् भदौ १९ गतेदेखि असोज ९ गतेसम्मका लागि ४० अर्ब रूपैयाँ खिच्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसका लागि आज (बुधबार) अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि : शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।

निक्षेपको ब्याजदर भने बोलकबोल प्रणालीबाट तय हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्