काठमाडौं । अर्थ मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजस्व विभागका १९ उपसचिवको सरुवा गरेको हो ।
केहिदिन अघिको ५८ जना उपसचिवको सरुवा गरेको मन्त्रालयले पुन: १९ जनाको सरुवा गरेको हो । उपसचिवद्धय रामप्रसाद पाठक र रामप्रसाद आचार्य दुबैले आकर्षक भन्सार कार्यालय प्राप्त गरेका छन् ।
रसुवा भन्सार कार्यालयमा रहेका पाठक वीरगञ्ज भन्सार कार्यालय पुगेका छन् । उनको थानमा तुलसी प्रसाद भट्टराईलाई पठठाएको छ । मेची भन्सारमा रहेका रेग्मीले भैरहवा भन्सार कार्यालयको जिम्मेवारी पाएका छन् ।
भैरहवामा रहेका नारद गौतमलाई भन्सार जाँचपास परिक्षण कार्यालयमा सरुवा गरिएको छ ।
राजेन्द्र प्रसाद चुडाल मेची भन्सार कार्यालय पुगेका छन् । अर्थ मन्त्रालयका दिलिप केसी आन्तरिक राजस्व कार्यालय जोरपाटी पुगेका छन् ।
को कहाँ पुगे
प्रतिक्रिया दिनुहोस्