Shikhar Insurance
National Life

एमाले कार्यकर्ता र बालेनका समर्थक सामाजिक सञ्जालमा आमने–सामने, केपी ओलीको ‘फेसबुक फलोअर्स’ निरन्तर घट्दै

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार ०९:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको फेसबुक पेजमा फलोअर्सको संख्या निरन्तर घट्न थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र एमाले कार्यकर्ताहरुबिच समाजिक सञ्जालमा बहस छेडिएपछि ओलीको फेसबुक पेज फलोअर्सको संख्या घट्न थालेको हो ।

६ लाख ६२ हजारको संख्यामा रहेका ओलीको फेसबुक पेज फलोअर्सको संख्या पछिल्लो ३६ घण्टा भन्दा कम समयमै घटेर ५ लाख ९८ हजारमा झरिसकेको छ । बालेन्द्र साहका समर्थकहरुले ओलीको फेसबुक अन फलो अभियान चलाएको चर्चा सामाजिक सञ्जालमा छ । मेयर बालेन्द्रको एउटा फेसबुक पोष्ट एमाले कार्यकर्ताहरुको अत्यधिक रिपोर्टका कारण फेसबुकले हटाईदिएपछि ओलीका कार्यकर्ता र बालेनका समर्थक सामाजिक सञ्जालमा आमने–सामने भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्