Shikhar Insurance
National Life

आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारीमा छौँ : श्रममन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रुपमा घोषणा गर्न लागि रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले रोजगार दिने काम श्रम मन्त्रालयको नभएको भन्दै रोजगारीको लागि वातावरण बनाउने काम गरिरहेको उल्लेख गरे । उनले आन्तरिक रोजगारीको लागि सरकारले रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काम गर्ने बताए ।

मन्त्री भण्डारीले मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै भएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याउने र पुन: एकीकरण गरी वैदेशिक रोजगारीबाट युवाहरुले सिकेको सीपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना रहेको बताए ।

उनले भने, ‘राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्था गर्ने । प्रष्तिठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने । सातै प्रदेशका तालिम केन्द्रहरुलाई स्थानीय रोजगार केन्द्रसँग समन्वय गरेर सबै तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याएर मुलुकलाई आवश्यक जनशक्ति उत्पादनमा लाग्छौं ।’

‘रोजगार दिने काम श्रम मन्त्रालयको होइन । रोजगारीको लागि वातावरण बनाउने काम हो । वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याएर पुन: एकीकरण गर्ने हिसावमा वैदेशिक रोजगारीमा जाँदा युवाहरुले सिकेको सिपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना छ’ उनले भने ।

उनले राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमुलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्थापन सरकारले गर्ने बताए । उनले प्रतिष्ठानले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्र प्रदेश तहमा बनोउने योजना रहेको बताउँदै रोजगार सेवा केन्द्रबाट रोजगारदातासँग जोड्ने रमुलुकमा धेरै रोजगारी सिर्जना गरिने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्