Shikhar Insurance
National Life

महिला सशक्तिकरणको लागि सरकारले काम गरिरहेको छ : मन्त्री सुडी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १६:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरणको लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले महिलाहरु विदेश वा आफ्नै देशमा पीडित रहेका भन्दै उनीहरुमाथि दुव्र्यवहार हुन नहुने बताए । उनले महिलाहरुका लागि प्रत्येक प्रदेशमा एउटा आश्रयस्थल बनाइरहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मधेस प्रदेशमा काम अघि बढिसकेको र वागमतीमा जग्गाका कारण केही रोकिएको भएपनि छिटै सुरु गर्ने बताए । मन्त्री सुडीले नियमावलीले व्यवस्था गरेको महिला समिति गठन गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्