Shikhar Insurance
National Life

‘विजुलिको पैसा नउठाउने, जहाज ग्राउन्डेट गर्ने अनि सरकारले गफ मात्रै हाँक्ने’ काँग्रेस सांसद भण्डारी

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १६:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले एनसेलबाट अर्बौं वक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले एनसेलको वक्यौता रकम असुली गर्न पर्दैन ? भनि सरकारलाई प्रश्न समेत गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद भण्डारीले एनसेल र विद्युत पैसा उठाउन नसकिने, जहाजहरु ग्राउन्डेट हुने लगायतका विषयहरु बाहिर आउँदा पनि सरकारलाई चिन्ता नभएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे ।

उनले प्रजातन्त्र केही सिमित व्यक्तिहरुको लुटतन्त्रमा परिणत भएको भन्दै आक्रोश समेत व्यक्त गरे । सांसद भण्डारीले विकास, निर्माणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्