Shikhar Insurance
National Life

प्रचण्डलाई काँग्रेस सांसदको प्रश्न : मार्सी भात खाएर गरेको गठबन्धन बिर्सिनुभयो ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १५:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जानकएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो सो आपत्ति जनाएका हुन् ।

उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए । उनले आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत नहुने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको बताए । उनले अहिलेको गठबन्धन रातमा कहाँ गर्‍यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गरे ।

उनले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो ? कति जना जेलमा छन् भन्दै प्रश्न गरे । उनले नेताहरुकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताए । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको जानकारी दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्