Shikhar Insurance
National Life

माओवादीलाई काँग्रेस सांसद ढुंगानाको जवाफ : यो परिवर्तन तपाईंको बन्दुकले आएको होइन

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १४:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले नेकपा (माओवादी) केन्द्रले उठाएको बन्दुकबाट गणतन्त्र नआएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले साँच्चै नै तपाईंले उठाएका बन्दुकहरुबाट यो परिवर्तन भएको हो र ? भन्दै माओवादी सांसलाई प्रश्न गरे । उनले बन्दुक फालेर शान्तिपूर्ण आन्दोलनमा आइसकेपछि मात्रै देशमा गणतन्त्र आएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले शान्तिपूर्ण आन्दोलनले नै देशमा गणतन्त्र आएको जानकारी दिए । उनले काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको सुझबुझपूर्ण कार्यले नै सबै राजनीतिक दलहरु एक भएपछि देशमा परिवर्तन आएको बताए ।

सांसद ढुंगानाले देशको परिवर्तनमा सदैव नेपाली काँग्रेसको नेतृत्व रहेको बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्