Shikhar Insurance
National Life

मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : सांसद खतिवडा

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १४:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।

मङ्गलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गरे । उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरे । सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा पनि सरकारसँग जवाफ माग गरे ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्