Shikhar Insurance
National Life

काँग्रेस-एमाले गठबन्धन लामो समय जाँदैन : सांसद आलेमगर

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १४:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले काँग्रेस—एमाले गठबन्धन लामो समयसम्म रहनेमा आशंका व्यक्त गरेका छन् ।

सरकारमै रहेका मन्त्रीहरुले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बताए । उनले माओवादी केन्द्र सत्ताबाट बाहिरिनुपर्दा बिलौना नगरेको जानकारी दिए । उनले गठबन्धन फेरिने र सरकार बदलिने कुरा नौलो कुरा नरहेको बताए ।

उनले वर्तमान गठबन्धन केका लागि बनेको भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग भएको बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्