काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्