Shikhar Insurance
National Life

नेपालमा अवसर खोजिरहेको ‘अमुल’ अमेरिकी बजारमा प्रभुत्व जमाउने प्रयास गर्दै

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार ०७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकामा बसोबास गर्ने भारतीयहरुका आफ्नो घरको स्वाद याद गर्ने थ्रुप्रै कारणहरु छन् तर अब एउटा कारण भने कम भएको छ । त्यसको कारण हो अब भारतमा पाइने गाईको दुधको स्वाद अब उनीहरुले अमेरिकामा पनि पाउनेछन् र त्यो पुरा गर्दैछ अमुलले ।

गुजरातमा आनन्द डेरीबाट सन १९४६ मा सुरु भएको अमुल ब्राण्ड अब अमेरिकी बजारमा आफ्नो पकड बनाउने कोशिमा लागिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमेरिकामा बसोबास गर्ने भारतीयहरुका लागि अमुलले मिसिगन मिल्क प्रोड्युसर एसोसियसन(एमएमपीए)सँग साँझेदारी सुरु गरेको छ ।

एमएमपीए मिसिगन, इण्डियाना, ओहायो र विस्कान्सिनका चार राज्यमा डेरी उत्पादकहरुको १०८ बर्ष पुरानो सहकारी हो जुन गुजरातको अमुल जस्तै छ ।

एमएमपीएले अमेरिकामा भारतिय समुदायका लागि अमुलकै स्वादमा दुध किनेर प्याकेजिङ गरि उपलब्ध गराउँन थालेको छ ।

अमुलका प्रबन्ध निर्देशक जयेन मेहताले बीबीसीसँग भने–‘मुख्यरुपले आफ्नो गुणस्तर र ब्राण्डिङका कारण अमुलले अमेरिकामा बसोबास गर्ने भारतीयहरुका बीच राम्रो सम्भावना देखेको छ ।’

एमएमपीए अमुल गोल्ड, अमुल शक्ति र अमुल ताजा जस्ता उत्पादनहरुका लागि दुध खरिद गर्दछ ।

भारतीय मुलका नागरिकहरुका बीच अत्यधिक माग हुने पनिर, दही र चिज जस्ता डेरी उत्पादनहरु अमेरिकी बजारमा उपलब्ध छन् ।

सन २०२४ मा अमेरिकी दुध बजनारको राजश्व हिस्सा ३०.३५ अर्ब डलर रहने अनुमान गरिएको छ । अमेरिकी बजारमा बर्षाेनी ३.२१ प्रतिशतको वृद्धि हुने अनुमान पनि गरिँदै आएको छ । सन २०२४ मा ७१ अर्ब डलर राजश्वका साथ भारत दुग्ध बजारमा विश्वकै पहिलो नम्बरमा छ ।

एक तथ्यांकका अनुसार अमुल ३६ लाख डेरी किसान र १८ सदस्य संघहरुसँग मिलेर दैनिक एक करोड ३० लाख लिटर दुग्ध उत्पादन गर्छ ।

रुथ हेरेडियाको पुस्तक ‘द अमुल इण्डिया स्टोरी’का अनुसार सरदार बल्लब भाई पटेलले गुजरातको खेडा जिल्लाका किसानहरुसँग निजी कम्पनीलाई दुध नबेच्न र आफ्नो अलग्गै सहकारी स्थापना गर्न भनेका थिए ।

यसको मुख्यालयपछि गुजरातको आनन्दमा स्थानान्तरण गरियो र त्रिभुवनदास पटेल यस सहकारीको अध्यक्ष बने ।

२०० लिटर दुधबाट अमुलले आफ्नो व्यापार आरम्भ गरेको थियो र सन १९५२ मा आईपुग्दा २० हजार लिटर पुगिसकेको थियो ।

अमेरिकी बजारमा आफ्नो भविष्य विस्तारको योजना बनाईरहेको अमुलले नेपालमा पनि प्रवेश गर्ने प्रयास गरिरहेको छ । तर नेपालमा किसान सम्वद्ध संघ संगठनहरुले अमुलको बिरोध गरिरहेका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्