Shikhar Insurance
National Life

मेची भन्सारबाट ३३.९८ प्रतिशतले घट्यो निर्यात

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १५:३८
Hyundai
NCELL
NIMB

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको मालवस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत अर्थात ९३ करोड सात लाख ३५ हजारले घटेको हो ।

कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आवको साउन महिनामा २ अर्ब ७३ करोड ९० लाख ३४ हजार बराबरको मालवस्तु निर्यात भएको थियो । यहाँबाट चिया, प्लाइउड, फलाम तथा फलामका सामग्री, अलैँची, अदुवा, अम्रिसो, भेनियर सीट, छुर्पी, मोलासिस, काउली, बन्दागोभी, ब्रोकाउली लगायतका मालवस्तु निर्यात हुने गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राप्त विवरणअनुसार गत साउनमा रु ५१ करोड २२ लाख ७८ हजारको चिया निर्यात हुँदा ३७ करोड ११ लाख १३ हजार बराबरको प्लाइउड निर्यात भएको छ, जुन गत आव २०८०/८१ को तुलनामा क्रमश ३८.०८ र ४३.४९ प्रतिशतले बढी हो ।

यसैगरी गत साउनमा १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची र ३४ करोड ९२ लाख ५९ हजार बराबरका फलाम तथा फलामका सामग्री निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको साउन महिनाको तुलनामा यो ८३.२८ प्रतिशत र २९ .७६ प्रतिशतले घटेको हो ।

यस्तै, भेनियर सिटको निर्यात सबैभन्दा धेरै पाँच सय तीन दशमलव ९७ प्रतिशतले बढ्दा छुर्पी, अदुवा, अम्रिसो, काउली, बन्दागोपी, ब्रोकाउलीलगायतका वस्तुको निर्यात घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्