Shikhar Insurance
National Life

इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १५:३२
Hyundai
NCELL
NIMB

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुन: सञ्चालनमा ल्याउने भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुदैँ आइरहेको सेवाप्रवाह पुन: इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘इलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ’ उनले भने ।

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय १ करोड पाँच लाख ९९ हजार लागतमा निर्माण गरिएको छ । यसअघि वि.सं २०७५ पुस ११ गतेदेखि सरकारले सुपौलीबाट सेवाप्रवाह गर्दै आएकामा विभिन्न कारणले केही समय सेवा स्थगित भएको थियो । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

यहाँका जनताले वीरगञ्ज जान २७ किलोमिटर यात्रा गर्नु परिरहेको छ । पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने बताइएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्