काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार हरियालि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२७.३२ अंकले बढेर २८२३.२५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
सोमबार ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब १० करोड ४६ लाख ३१ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
सोमबार गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४६ करोड ५२ लाख ५१ हजार रुपैयाँको संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ३ सय ३० रुपैयाँ रहेको छ । सोमबार २३९ कम्पनीको सेयर मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै, साेमबार ११ कम्पनीकाे सेयरमा सकरात्मक सर्किट लागेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेकाे छ ।
प्रतिक्रिया दिनुहोस्