Shikhar Insurance
National Life

एकै पटक १ सय भन्दा बढी कर र भन्सार अधिकृतकाे सरुवा गर्दै अर्थ मन्त्रालय

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सचिव सहसचिव र उपसचिव सरुवा गरेपछी अर्थ मन्त्रालयले अधिकृत स्तरको कर्मचारीहरुको सरुवा गर्ने तयारी गरेको छ । मन्त्रालय अन्तरगतको भन्सार विभाग आन्तरिक राजस्व विभागमा कार्यरत अधिकृतहरुको सरुवा गर्ने तयारी गरेको हो ।

अधिकृतहरुको सरुवा यसै हप्ता टुग्याउने तयारी रहेको आन्तरिक राजस्व विभागका एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीले भने, ‘विभागीय सेमिनार भन्दा अगावै अधिकृतहरुको सरुवा तयारी गरेको छौं, अहिले अधिकृतहरुले जान चाहेको स्थानको सुचि संकलन भैरहेको छ, यसै हप्ता सरुवा टुग्याउने लक्ष्य राखेका छौँ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

ती कर्मचारीका अनुसार १ सय भन्दा बढी अधिकृतहरुको सरुवा तयारी गरेको बताए । यो पाली ठुला करदाता कार्यालयमा ९ जना मात्रै अधिकृत सरुवा हुने भएका छन् । ३६ जना उपसचिव रहेको कार्यालयमा यो पटक थोरै मात्रै अधिकृत सरुवा हुने भएको हो ।

धेरै जसो अधिकृतहरुले अहिले काठमाडौं अन्तरगतको कार्यालय नै रोजेका छन् । यस्तै भन्सार विभाग्ले पनि अधिकृत सरुवा गर्ने तयारी गरेको छ । विभाग तथा कार्यालय अन्तरगतका अधिकृतहरुको सरुवा तयारी गरेको हो ।

मन्त्रालयले उपसचिवसम्मको सरुवा गर्ने गर्छ । यस्तै अधिकृत, नायब सुब्बा खरिदारको सरुवा विभागले नै गर्ने गर्छ । यस अघि मन्त्रालयले अर्थ सचीवमा मधुकुमार मरासिनीलाई हटाएर रामप्रसाद घिमिरेलाई जिम्मा दिइसकेको छ । यस्तै राजस्व सचिवमा दिनेश घिमिरे आइसकेका छन् ।

८ जना सहसचिव मन्त्रालय सरुवा भै आएका छन्भ ने ५८ जना उपसचिवको सरुवा भैसकेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्